Three days Treek at Daman
हेटौंडा ओपन स्काउट ट्रुप/क्र्युको आयोजनामा मकवानपुरमा ३ दिन ३ रातको स्थानिय जिल्लामा ट्रेकिङ्ग आयोजना भयो तथा सम्पन्न भएको छ । क्र्युको ३० जना रोभर रेन्जर तथा रोभर रेन्जर लिडर तथा स्काउटर गरेर करिव ३५ जनाको सहभागीता रहेको थियो। ट्रेकिङ्ग मकवानपुर भिमफेदीको देउराली बाट दामन सम्म लालिगुराँस पदमार्ग तथा दामन बाट मार्खु हुँदै चित्लाङ्ग सम्म हिडेर यात्रा गरिएको थियो । यस ट्रेकिङ कार्यक्रमको आयोजक व्यवस्थापन क्र्युको स्काउटर आशिष अस्लामीले गरेका थिए ।